एकै पटक आठ सय कर्मचारीको सरुवा | Khabarhub Khabarhub

एकै पटक आठ सय कर्मचारीको सरुवा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकैदिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ ।

सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही मंसिर ४ गते तय गरिएको चुनावको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ ।

आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो ।

लोकसेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको दाबी छ । यस सरुवामा निवेदन दिएका कतिपयले भने आफ्नो सरुवा नभएको भन्दै गुनासो गरेका छन् । उनीहरूले केही ठाउँका सरुवामा चलखेल भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ५० बजे

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,