मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली | Khabarhub Khabarhub

मलेसियामा मृत्युदण्ड हुनबाट जोगिए एक नेपाली

परिवर्तित सजाय १२ वर्ष कैद, अब भुक्तान गर्न बाँकी ६ वर्ष



दोहा – वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना गरी गर्दै जानकारी दिएको छ।

उनलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यानको कसुरमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगस्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।

दूतावासका अनुसार मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो।

फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गर्दै सजाय तोकिएको हो। उनले ६ वर्ष कैद भुक्तान गरिसकेको र अब बाँकी कैद सजाय भुक्तान गरेर नेपाल फर्किने जनाइएको छ।

यसअघि पनि मलेसियामा लागूऔषध तस्करी र बिक्रीवितरणको अभियोगमा पक्राउ परी मृत्युदण्डको सजाय सुनाइएका एक नेपाली युवा मृत्युदण्डबाट जोगिएका थिए । गाँजा तस्करीको अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपाली युवा राजकुमार साह मृत्युदण्ड हुनबाट जोगिएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ४९ बजे

महिला विरोधी गीतको आरोपमा हनी सिंह र करण औजलालाई कारबाहीको तयारी

पञ्जाब – चर्चित गायक हनी सिंह र करण औजला महिलाप्रति

ऐतिहासिक अन्तरिक्ष यात्री लोभेलको निधन

काठमाडौं – सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक

आर्मेनिया–अजरबैजानकाे ३७ वर्षे युद्ध अन्त्य, ट्रम्पले गराए सहमति, विवादित भूमिमा ‘ट्रम्प रुट’ बन्ने

काठमाडौं– अमेरिकी राष्ट्रपतिको कार्यालय व्हाइट हाउसमा आर्मेनिया र अजरबैजानका नेताहरूले

इजरायलको निर्णयले गाजाबासी, सेना र बन्दीका आफन्त आतंकित

गाजाबासीले त्रासदीय र नारकीय जीवन भोगेको २२ महिना भइसकेको छ।

पशुपतिनाथमा जनैपूर्णिमाको चहलपहल (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि