कतार विश्वकप : हय्या कार्ड भएकाले तीन जनालाई कतारमा ल्याउन पाउने  | Khabarhub Khabarhub

कतार विश्वकप : हय्या कार्ड भएकाले तीन जनालाई कतारमा ल्याउन पाउने 


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोहा – हय्या कार्ड भएकाहरुले आगामी नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को प्रतियोगिता हेर्नका लागि तीन जनालाई ल्याउन पाउने भएका छन्।

फिफा विश्वकप कतारका टिकट वाहकले टिकट नपाएका तीनजना साथी वा आफन्तलाई ल्याउन र हय्या कार्ड लिंक गर्न सक्ने भएका छन्। यसले उनीहरूलाई कतार प्रवेश गर्न र विश्वकप हेर्न अनुमति दिनेछ।

सुप्रीम कमिटी फर डिलिवरी लिगेसीका महानिर्देशक इन्जिनियर यासिर अल-जमालले पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेका हुन्। ‘हामी वान प्लस थ्री नीति लागू गर्नेछौँ जसमा प्रतियोगिताको समूह चरण नोभेम्बर २० देखि ६ डिसेम्बरसम्मको अवधिमा विश्वकप टिकट भएकाले आफ्नो हय्या पासलाई टिकट नभएका तीन जना प्रशंसकहरूसँग लिङ्क गर्न सक्षम हुनेछन्।’ महानिर्देशक जमालले भने।

यो नियम अर्को हप्तादेखि लागू हुनेछ। प्रतियोगिता पारिवारिक कार्यक्रम होस् भनेर यो नीति ल्याइएको हो। टिकट नभएकाहरूलाई केही शुल्क लाग्ने तर १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क थप्न सकिने उनले बताए।

डिसेम्बर १८ सम्म चल्ने प्रतियोगितामा विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ५८ बजे

म्याजिक भ्यानको ठक्करबाट अटोचालकको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर

ओलीसँग कांग्रेसको गठबन्धन ‘सुसाइड’ नै हो

काठमाडौं– अध्येता एवं अनुसन्धानकर्ता शंकर तिवारीलाई मानिसहरुले नेपाली कांग्रेसका युवा

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पा – डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति

स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ

झापा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु

झापा – झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु