‘ठूला दलले धेरै भाग खोज्दा सिट बाँडफाँट ढिला भयो’ « Khabarhub

‘ठूला दलले धेरै भाग खोज्दा सिट बाँडफाँट ढिला भयो’

‘विदेशीलाई वंशको नागरिकता भूगोलमाथिको आक्रमण हो’


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा दलहरू चुनावी तयारीमा जुटेका छन्। सत्ता गठबन्धन भित्र अझै पनि सिट बाँडफाँटको कुरा मिलेको छैन भने एमालेले विभिन्न क्षेत्रमा आफ्ना उमेद्वारको सिफारिस गर्नुका साथै चुनावी तयारी तीव्र बनाइरहेको छ। यो पाँच वर्षमा प्रतिनिधि सभाले कसरी काम गर्यो, कति सक्रिय भए र कति उपयोगी भए भन्ने विषय पनि समीक्षा गर्ने समय भएको छ। प्रदेशमा देखिएको अस्थिर राजनीतिक अवस्था र गठबन्धन भित्रको सिट बाँडफाँटका विषयमा आधारित भएर राष्ट्रिय जनर्माेचाका अध्यक्ष चित्रबहादुर केसीसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

सत्ता गठबन्धनले किन सिट बाँडफाँटको टुंगो अझैसम्म लगाउन सकेन, खास विवाद के हो ?
सबैले आ–आफ्नो पक्षमा धेरै सिट पाए हुन्थ्यो जस्तो गरेका छन्। तर, अब यो चाँडै टुंगिन्छ। सुरुमा हामीले संघमा दुई र प्रदेशमा सात सिट मागेका छौँ। ठूला भनिएका दलले धेरै चाहियो भनेका छन्। कार्यदलले एउटा खाका बनाएर शीर्ष नेतालाई बुझाइसकेको छ। अब आज शीर्ष तहको बैठक बसेर सिटको विषय टुंगो लगाउँछ। हामीले आफ्नो जनधार नभएको ठाउँमा सिट मागेको छैन। ठूला दललाई सबै ठाउँ चाहिने कुराले सिट बाँडफाँटको विषय अड्किएको हो। सम्भवत आज यो टुंगोमा पुग्छ।

संघीयता खारेज गर्नु पर्दछ भन्ने तपाईंहरू कसरी संघीयताका पक्षधर दलसँग मिल्नु भयो र चुनाव लड्दै हुनुहुन्छ ?
सबै कुरा मिलेपछि नै गठबन्धन गर्नु पर्दछ भन्ने सोचाई सबैको छ। तर, सबै कुरा मिले त एउटै पार्टी हुन्छ। संयुक्त मोर्चाको नीति, कार्यगत एकताको नीति भनेको त्यसको सैद्धान्तिक र व्यवहारिक पक्ष हो। हामीले पञ्चायती व्यवस्थाको विरुद्धमा सहकार्य गर्दा एकातिर नेपाली कांग्रेसलाई विरोधी शक्ति भने पनि उनीहरुसँग कार्यगत एकता गरेर पञ्चायत ढाल्ने अभियानमा लाग्यौँ। सहमति भनेको मिलेर जाने हो। मिलेर अगाडि बढ्ने सबै कुरा मिल्नुपर्छ भन्ने हुँदैन। हामीले संघीयता छोडेर कार्यगत एकता गर्ने सहमति गरेको होइन। अहिले पनि एमसीसी पास गर्नेलाई र विदेशी जनतालाई नागरिकता दिनेलाई जनताले भोट दिन्छन् भन्ने विश्वास छैन। हामी नेताहरूले केही गरेनन् भन्छौँ। तर, सिंहदरबार जाने लाइसेन्स त सबै जनताले नै दिने हो। हामीले गणतन्त्र र ७२ को संविधानलाई बचाउन मात्र एकता गरेका हौँ। चुनावमा हाम्रा एजेन्डा जनतासँग प्रष्टसँग राख्छौँ।

प्रदेशको पाँच वर्षे कार्यकाललाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभयो ?
संघीय प्रदेश सबै भन्दा बदनाम भयो। पार्टीका नेता र कार्यकर्ता थन्क्याउने ठाउँ, नेपाली जनताले दिएको रेमिटेन्स खारेज गर्ने ठाउँ भयो। त्यसैले संघीयता खारेज हुनुपर्दछ भनेर राष्ट्रिय जनमोर्चाले भनेको छ। यसलाई जनताले बुझ्न समय लाग्छ। हामीले भन्ने बित्तिकै खारेज हुँदैन।

तपाईंले नागरिकता विधेयकको निकै चर्को विरोध गर्नुभयो। बाहिर विरोध गर्ने तपाईं सत्ता गठबन्धनका शीर्ष नेतासँग यो विषयमा किन बोल्नु भएन ?
भनेको हो। तर, उनीहरूले कुरा सुनेर केही हुँदैन। नेपाली जनताले हाम्रो कुरा सुन्नु पर्छ । विदेशीलाई वंशको नागरिकता दिनु भूगोलमाथिको आक्रमण हो।

आउँदै गरेको चुनावमा तपाईंहरू के कस्तो एजेन्डा बोकेर जनतासँग जानु हुन्छ ?
७२ को संविधानको अन्त्य हुनुपर्दछ। भ्रष्टाचारको अन्त्य हुनु पर्दछ। जनजीविका सुरक्षित हुनु पर्दछ हाम्रा एजेन्डा यिनै हुन्। प्रस्तुति :  पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : १२ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित