कलंकीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

कलंकीमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिका–१४ कलंकीमा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोल र पछाडि सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए।

घाइते दुवैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेकोमा चालक डंगोलको गए राति पौने २ बजे मृत्यु भएको हो।

गए राति १ बजे डंगोलले चलाएको प्रदेश ३-०२-००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो।

दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १२ : ०३ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी