नगर क्षेत्रमा सरसफाइ अभियान तीव्र | Khabarhub Khabarhub

नगर क्षेत्रमा सरसफाइ अभियान तीव्र


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो ।

बसपार्क टोल विकास समिति र जिल्ला प्रहरी कार्यालयको समुदाय- प्रहरी साझेदारीद्वारा संयुक्तरुपमा आयोजित सरसफाइ अभियानमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सहभागिता रहेको थियो । बसपार्कबाट सञ्चालित सफाइ अभियान नयाँ गुद्रीलगायत जनथप टोलसम्म सञ्चालन गरिएको छ ।

सरसफाइ अभियानमा वडा नं ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, टोल विकास समितिका अध्यक्ष पदम श्रेष्ठ, महानगरका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, प्रहरी र होटल व्यवसायी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा ‘आफ्नो घर आँगन आफैँ सफा राखौँ, सफा, सुन्दर महानगर बनाऔँ’ नारासहित कार्यक्रम गरिएको थियो । सफाइ अभियानबाट नगर क्षेत्र केही दिनदेखि सफा र हरियाली देखिएको छ । नगरवासीमा सरसफाइप्रति चेतना अभिवृद्धि भएको पाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : २९ बजे

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)