लागूऔषध र हतियारसहित एक युवक पक्राउ | Khabarhub Khabarhub

लागूऔषध र हतियारसहित एक युवक पक्राउ


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा प्रहरीले लागूऔषध र विभिन्न हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो ।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्याबलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एक/एक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए ।

 प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १ : ४० बजे

असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

काठमाडौं– आगामी असोज १ गतदेखि देशैभर सवारीसाधनमा अब ईम्बोस्ड नम्बर

विश्वप्रकाशले भने- बदमासी अक्षम्य छ, पदम गिरीको टिप्पणी- खतिवडा र दुराले पदमा बस्न मिल्दैन

काठमाडौं- संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’बारे भएको छेडखानी

तेश्रो जलविद्युत् परियोजना विकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने

काठमाडौं– सरकारले अरुण तेश्रो जलविधुत परियोजना बिकासका लागि विकासकर्ता कम्पनी

महानगरले कंक्रिट निकालेर फेरि हालेपछि बढ्यो विवाद (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले जमिनमुनि पानी रिचार्ज हुने वातावरण निर्माण गर्ने

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन