बेलायती महारानी एलिजावेथको निधनप्रति विश्वका नेताद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

बेलायती महारानी एलिजावेथको निधनप्रति विश्वका नेताद्वारा दुःख व्यक्त


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् ।

बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो ।

महारानी एलिवेथ द्वितीयको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको बेलायती राजदरबारले घोषणा गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उनको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

“विश्वव्यापी नेतृत्व गर्नु भएकी र सबैलाई प्रेरणाको श्रोत बन्दै आउनु भएकी महारानीको निधनले मलाई दुखि बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु,” उनले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ ।

संयुक्त राष्ट्रसङ्घप्रति महारानी सधैँ असल साथीको रुपमा रहेको स्मरण गर्दै महासचिव गुटेरेसले राष्ट्रसङ्घले एउटा असल साथी र असल अविभावक गुमाएको उल्लेख गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको प्रेरणादायी नेतृत्वको स्मरण गरेका छन् । उनले प्रकाशित गरेको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूती व्यक्त गरिएको छ ।

सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजावेथ द्वितीयलाई भेटेको स्मरण पनि उनले गरेका छन् । “उहाँको त्यो आत्मियता, स्नेह र अविभावकत्व मैले कहिले भुल्न सक्दिन,” प्रधानमन्त्री मोदीले लेखेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि ब्रिटिश सरकार र जनताप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

चीन सरकार र चिनियाँ जनताको प्रतिनिधित्व गर्दै सीले गहिरो समवेदना व्यक्त गरेका छन् । महारानीको निधन ब्रिटिश जनताको लागि ठूलो क्षति भएको सीले बताएको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले जारी गरिएको विज्ञप्तिमा महारानी एलिजाबेथ चीन भ्रमण गर्ने पहिलो बेलायती राजसंस्था प्रमुख रहेको जनाइएको छ । उनले बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म राजसंस्थाको सेवा गर्ने उनको शासनकालको प्रशंसा समेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खबरले आफूहरुलाई दुखित बनाएको उल्लेख गरेका छन् ।

उनीहरुले अमेरिकास्थित बेलायती दूतावासमा राखिएको शोक पुस्तिकामा आफैँले शोक वक्तव्य लेखेका थिए । केही मिनेट लगाए लेखिएको वक्तव्यमा उनीसँग भएका भेटवार्ताको पनि स्मरण गरिएको छ । महारानी एलिजावेथ द्वितीयलाई एउटा असल, परिपक्व अविभावको रुपमा उनीहरुले स्मरण गरेका छन् ।

वक्तव्य लेखेर हस्ताक्षर गरेपछि राष्ट्रपति दम्पत्तिले बेलायती राजदूतलाई आफूहरु बेलायतको दुःखमा साथसाथै रहेको बताउँदै सहानूभूति व्यक्त गरेका थिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै उनीजस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गरेका छन् । बेलायतका महारानी भएपनि उनले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहेको पुटिनद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

उनको निधनप्रति क्यानडाले पनि दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टीन टु«डोले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक व्यक्त गरेका हुन् । उनले क्यानडाका जनताले महारानीलाई सधैँ स्नेही पात्रको रुपमा स्मरण गरिरहने उल्लेख गरेका छन् ।

क्यानडाको इतिहासमा उनी एउटा मुख्य पात्रको रुपमा रहेकाले उनले क्यानडालाई गरेको सेवाप्रति सबै जनता ऋणी रहेको टु«डोको भनाइ छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अष्ट्रेलियाका जनता बेलायती जनताको साथमा रहेको उल्लेख गरेका छन् ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंले पनि बेलायती महारानीलाई एकताको प्रतिकको रुपमा स्मरण गरेका छन् । “बेलायती जनतालाई एकताको सुत्रमा बाँध्ने पात्रको रुपमा भूमिका खेलेकी महामारीको निधनले हामीलाई दुखि बनाएको छ,” उनले जारी गरेको वक्तव्यमा लेखिएको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गरेका छन् ।

त्यसैगरी पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका दर्जनौँ देशका राष्ट्र तथा सरकार प्रमुखहरुले उनको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : २६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्