इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति « Khabarhub

इराकमा भेटियो भगवान् राम र हनुमानको आकृति


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बगदाद– मध्यपूर्वी मुलुक इराकको होरान शेखान शहरनजिक भगवान् राम र हनुमानको आकृति फेला परेको छ ।

भारतको अयोध्या शोध संस्थानले गरेको एक शोधअनुसार होरान शेखान क्षेत्रको दरबन्द–ए–बलुलाको पहाडी इलाकामा राम र हनुमानको आकृति पहरामा खोपिएको अवस्थामा फेला परेको भारतबाट प्रकाशित हुने पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ ।

शोधका लागि भारतीय टोली त्यसतर्फ गएको थियो ।

उक्त आकृति २००० ईसापूर्वको रहेको जनाइएको छ । उक्त आकृतिमा छाति खाली राखेका राजाले धनु, वाण र कम्मरमा छोटो तरबार बोकेको आकृति रहेको बताइएको छ ।

ती राजाका नजिक बाँदरको मुख भएका उनका सेवक देखिन्छ । उनीहरु भगवान् राम र उनका सेवक हनुमान भएको भारतबाट अध्ययनमा गएको टोलीले दाबी गरेको छ ।

इराकी विद्वानहरुले भने उक्त आकृति पहाडी इलाकाका जातिका मुखिया टरडुनीको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४३ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित