छाडा पशु चौपायाको व्यवस्थापनको पहल « Khabarhub

छाडा पशु चौपायाको व्यवस्थापनको पहल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्ज सहरमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल सुरुआत भएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना निर्माण गरेको छ ।

बैठकको निर्णयअनुसार यही भदौ महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बङ्गुर) सडकमा छाडा नछोड्न आग्रह र माइकिङसहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौ मसान्तपछि पशु चौपाया छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। 

छाडा पशु चौपायाका कारण नगरको ट्राफिक व्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालीन व्यवस्थापनमा तत्काल जुटेको बताए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमानाका पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए। ट्राफिक व्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको व्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको व्यवस्थापनका लागि अन्तर पालिकासँग समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए।  नेपालगञ्ज नगर उपप्रमुख कमरुद्धिन राईले छाडा पशु चौपायको व्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाइका साथ प्रस्तुत हुने बताए । 

नेपालगञ्जमा छाडा छोडिएकामध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजी हाउसमा राखे पनि लिन कोही नआउने कांजी हाउसका कर्मचारीको भनाइ छ । गधा, खच्चड र घोडा भने जरिवाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपाय कांजी हाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने जनाइएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ३ : ३५ बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर