महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

महोत्तरीमा लागूऔषधसहित दुई जना पक्राउ


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लागूऔषध कारोबार गरेको आरोपमा महोत्तरीको बर्दिबासबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिबास कै वडा नम्बर ८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो छन् ।

विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला परेको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।

उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, नोफिन लेखिएको २० एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड २० एम्पुल, कोडियन फोस्फेट मिलेट साइरुप लेखिएको १०० एमएलका २ बोतल र नाइट्रोभेट-१० लेखिएको २३ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबी रावलले जानकारी दिए ।

आरोपित तुलबहादुर र दीपक महतोलाई प्रहरीले फरकफरक ठाउँबाट पक्राउ गरेको थियो । तुलबहादुर हरियो रङगको पल्सर ३९ प ५२६५ नम्बरको बाइकमा जाँदै गर्दा बीपी राजमार्गको सडकखण्ड अन्तर्गत स्मृति पार्कबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै दीपक महतो बीपी राजमार्गकै सिन्धुली बस काउन्टरबाट रङ्गेहात पक्राउ परेका थिए ।

आरोपितद्वयलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र