चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता हुन्छ : झलनाथ खनाल | Khabarhub Khabarhub

चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता हुन्छ : झलनाथ खनाल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे।

उनले भने, ‘विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।

सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए । सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : २२ बजे

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

बैंकक– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

काठमाडौं– मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो, जसले रगत

वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई

उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकद्वारा हातमा कालोपट्टि बाँधेर सेवा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलामा विरोध जनाउँदै देशभरका सम्पूर्ण चिकित्सक तथा