साफ महिला च्याम्पियनसिप : भुटानले रच्यो इतिहास « Khabarhub

साफ महिला च्याम्पियनसिप : भुटानले रच्यो इतिहास


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भुटानले साफ महिला च्याम्पियनसिप फुटबलमा ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानलाई ५–० ले पराजित गरेको हो ।

श्रीलङ्कालाई हराउँदै भुटानले पहिलो पटक साफ च्याम्पियनशिपको अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा भुटानले अहिलेसम्म जित्न सकेको थिएन । तर, शुक्रबार दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई ५–० ले पराजित गर्न सफल भयो । यो जितसँगै भुटानले महिला फुटबलमा इतिहास रच्न सफल भएको हो ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणमा भुटान श्रीलंकासँग १–१ को बराबरीमा रोकिएको थियो । यो नै भुटानको लागि सबैभन्दा ठूलो उपलब्धी थियो ।

यो जितसँगै भुटानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अब २७ गते नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा सकिए पनि भुटान सेमिफाइनलमा पुग्ने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ८ : ५६ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी