अफगानिस्तानमा घरमै पसेर खानतलासी गर्दै तालिबान लडाकु « Khabarhub

अफगानिस्तानमा घरमै पसेर खानतलासी गर्दै तालिबान लडाकु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले उत्तरी प्रान्त बाल्खको राजधानी मजार ए शरिफमा घरघरमा पसेर खानतलासी सुरु गरेको छ ।

संदिग्ध अपराधीलाई पक्राउ गर्न, प्रतिद्वन्द्वी इस्लामिक स्टेट समूहका लडाकुलाई परास्त गर्न एवम् गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रणमा लिन तालिबानले घरघरमा पसेर खानतलासी सुरु गरेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

खानतलासीका लागि तालिबानको २०९ औँ सैन्य कोर र गुप्तचर निर्देशनालयका लडाकुहरु खटिएको बाल्ख प्रान्तमा तालिबानको प्रहरी सेवाका प्रवक्ता आशिफ वजिरीलाई उद्धृत गर्दै खामाप्रेसले जनाएको छ ।

यसअघि अफगानिस्तानको समाङ्गन प्रान्तमा तालिबानले यस्तै खानतलासी अभियान सुरु गरेको थियो ।

यसक्रममा २५ युवाहरु पक्राउ परेको जनाइएको छ । यद्यपि उनीहरुलाई कुनै प्रमाण वा आरोपबिना पक्राउ गरिएको भन्दै विरोध समेत हुँदै आएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ४५ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद