अफगानिस्तानमा घरमै पसेर खानतलासी गर्दै तालिबान लडाकु | Khabarhub Khabarhub

अफगानिस्तानमा घरमै पसेर खानतलासी गर्दै तालिबान लडाकु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले उत्तरी प्रान्त बाल्खको राजधानी मजार ए शरिफमा घरघरमा पसेर खानतलासी सुरु गरेको छ ।

संदिग्ध अपराधीलाई पक्राउ गर्न, प्रतिद्वन्द्वी इस्लामिक स्टेट समूहका लडाकुलाई परास्त गर्न एवम् गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रणमा लिन तालिबानले घरघरमा पसेर खानतलासी सुरु गरेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

खानतलासीका लागि तालिबानको २०९ औँ सैन्य कोर र गुप्तचर निर्देशनालयका लडाकुहरु खटिएको बाल्ख प्रान्तमा तालिबानको प्रहरी सेवाका प्रवक्ता आशिफ वजिरीलाई उद्धृत गर्दै खामाप्रेसले जनाएको छ ।

यसअघि अफगानिस्तानको समाङ्गन प्रान्तमा तालिबानले यस्तै खानतलासी अभियान सुरु गरेको थियो ।

यसक्रममा २५ युवाहरु पक्राउ परेको जनाइएको छ । यद्यपि उनीहरुलाई कुनै प्रमाण वा आरोपबिना पक्राउ गरिएको भन्दै विरोध समेत हुँदै आएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ४५ बजे

बीपी राजमार्ग अवरुद्ध

 धुलिखेल– वर्षाका कारण बीपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुर्खेत– आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२

पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै

काठमाडौं- नेपाली काङ्ग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा रू