ट्रकको ठक्करबाट एक युवकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट एक युवकको मृत्यु


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको थियो । जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौँ पठाएको थियो ।

उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको रे शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । प्रहरीले ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ५९ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट