कुनै दलसँग तालमेल हुँदैन : महासचिव पोखरेल « Khabarhub

कुनै दलसँग तालमेल हुँदैन : महासचिव पोखरेल


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताएका छन् ।

आज भक्तपुरमा राष्ट्रिय युवा सङ्घ नेपाल वागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उनले पार्टीले राजनीतिकरुपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताएका हुन् ।

जिल्लास्तरमा अवस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उनले बताए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरमा गठबन्धनले कुनै असर नगर्ने बताउँदै कार्यकर्ता एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिए ।

त्यसअवसरमा युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, युवा सङ्घका विभिन्न नेताहरुले निर्वाचनमा युवाले खेल्नुपर्ने भूमिकाकाबारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब