भू-उपयोग सम्बन्धी काम सुरू « Khabarhub

भू-उपयोग सम्बन्धी काम सुरू


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम सुरू गरेको छ ।

सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम सुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद  ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम सुरु गरेको जानकारी दिए ।

नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम सुरू भएको छ । विद्यमान भू-उपयोग अवस्था, भूमिको उर्वरता, जनसङ्ख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डिकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले अन्तरक्रियामा जानकारी गराए ।

नगरमा भू-उपयोग परिषद्को काम नगरकार्यपालिकाले नै गरी जमिनको वर्गीकरण गर्ने काम पूरा हुने परामर्शदाता खतिवडाले बताए । उनले  कृषि क्षेत्रका लागि न्यूनतम दुई कठ्ठा र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधारलगायतका क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताए । 

 यसअघि प्रचलित अब्बल, दोयम, सीम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ । पहिलो चरणमा तथ्यांक संकलन गरी नक्सांकन गरिने र थप काम अघि बढाइने नगर प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : १२ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा