सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान « Khabarhub

सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले सडक बत्ती र लिफ्टिङ खानेपानी महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । 

व्यास नगरपालिकाअन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा अनुदान दिने निर्णय भएको हो । नगरपालिकाले सम्बन्धित टोल विकास संस्थालाई अनुदान निर्णय गरेको व्यासका सूचना प्राविधक अधिकृत विशाल पण्डितले जानकारी दिए । पत्रकार महासङ्घ तनहुँको सिफारिसका आधारमा यसअघि गरिएको पत्रकार स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय पनि भएको छ । नगरपालिकाले गत वर्ष प्रतिव्यक्ति दश लाख बराबरको बीमा गरिदिएको थियो । 

नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं १, २, ३, ४ का विद्युत् लाइन र दूरसञ्चार सेवा प्रदायक संस्थाका तारलाई भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ । आर्थिक ऐन, २०७९/०८० को व्यवस्थाअनुसार भवन निर्माण कन्सल्टेन्सीमा लाग्ने दस्तुर कार्यान्वयन नगर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । 

नगरपालिकाभित्रका शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवा व्यवसायीलाई अनुदान दिने प्रक्रिया अघि बढाउने भएको छ । व्यास नगरपालिकाभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतका वडामा सुरक्षित आवासअन्तर्गत दुई सय घर थप भएकाले सो घर छनोट प्रक्रिया अघि बढाउने नगरपालिकाले जनाएको छ । हिमालय आँखा अस्पताल पोखरासँग सहकार्य गरी नगरपालिका स्वास्थ्य केन्द्रमा आखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।   

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : ५३ बजे

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन