अनुदानको रकम नपाउदा उखु किसान मर्कामा | Khabarhub Khabarhub

अनुदानको रकम नपाउदा उखु किसान मर्कामा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बालीको उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् ।

जिल्लामा सञ्चालित केही उद्योगले किसानलाई उखु खरिद गरेको रकम भुक्तानी दिएको भए पनि केही उद्योगले किसानको उखु खरिदबापतको रकम नदिएको भन्दै जिल्लाका किसान आन्दोलनमा जानुपरेको थियो । आन्दोलित किसानका माग पूरा गर्न प्रशासनको पहलमा केही रकम भुक्तानी भएको जिल्लाका उखु उत्पादक किसान रामेश्वर महतोले बताए । उनका अनुसार जिल्लाका केही उद्योगले किसानको रकम समयमै भुक्तानी गरे पनि केही उद्योगले रकम भुक्तानी नगर्दा आफूहरूले पटक/पटक आन्दोलन गर्नुपरेको बताए ।

उद्योगहरूले दिने रकम किसानको आन्दोलन, सरोकारवाला निकायको पहलबाट रकम उठ्ने क्रम जारी रहेको भए पनि सरकारले दिने अनुदान रकम नपाउँदा आफूहरू मारमा परेको उखु उत्पादक किसान रामकेशव साहले बताए । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि अनुदान रकम भुक्तानी नपाउँदा घर-व्यवहार चलाउन गाह्रो भएको जिल्लाका किसानको गुनासो छ ।

नेपाल सरकारले दिने भनेको अनुदानको रकमसमेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल तथा उखुखेतीका लागि आवश्यक सामग्री बजारबाट खरिद गर्न समस्या परेको नेपाल उखु उत्पादक संघको केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउँछन् ।

गत आर्थिक वर्षका लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगले प्रतिक्विन्टल पाँच सय २० र नेपाल सरकारले  ७० अनुदान रकम दिने सहमति भएको तर रकम पाउन नसकेको उखु किसान राजकुमार उप्रेतीले बताए ।

यता चिनी उद्योगीले समयमा किसानको उखु बिक्रीको तथ्यांक उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक जीवन पुरीले बताए । उनले उद्योगीलाई चाँडै किसानले उखु बिक्रीको तथ्यांक पठाउन ताकेता गरिएको र उद्योगले तथ्यांक पठाएलगत्तै अनुदान रकम पठाउने प्रक्रिया अघि बढाइने बताए ।

जिल्लामा तीनवटा उखु मिल रहेका छन् । जसमा इन्दुशङ्कर चिनी उद्योग हरिवनले सबै रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल र धनकौल सुगर मिलले भुक्तानी गर्न बाँकी नै रहेको छ ।


प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १ : ३२ बजे

मार्ग प्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रचण्ड लक्षित बाबुरामको स्टाटस– ‘सधैँभरी ठग्न सकिन्न’

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार

कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेस र नेकपा