सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो | Khabarhub Khabarhub

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरूको बाध्यता हटेको छ । 

कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ को विद्युत् विस्तार थालिएको हो । भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत् विस्तार गर्न नसकिएको खड्काले बताए । नेपाल विद्युत् प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो विद्युत् विस्तार थालेको छ । बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत् विस्तारको पहल भइरहेको उनले बताए । 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ३ : २५ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले