भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख | Khabarhub Khabarhub

भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । केन्द्रका प्रमुख नारायण कुसुमले गत आर्थिक वर्ष २०७८/०७९ मा भएको प्रगति विवरण र चालु आवको कार्यक्रम तथा बजेट शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

कार्यालय प्रमुख कुसुमका अनुसार चालु आवमा जिल्लाका लागि विभिन्न शीर्षकमा दुई करोड ३८ लाख ४४ हजार सय रुपैयाँ बराबरको कार्यक्रम रहेको छ । विनियोजित रकममध्ये १५ लाख ७५ हजार पुँजीगत खर्चतर्फ रहेको छ भने दुई करोड २२ लाख ६९ हजार चालु कार्यक्रमको खर्च रहेको छ ।

चालु आवका लागि पशुपन्छी तथा मत्स्य व्यवसाय, पशु स्वास्थ्य, पशु आहारा प्रवर्द्धन, पशु आनुवंशिक श्रोत संरक्षण, एकीकृत स्वास्थ्य, क्षमता अभिवृद्धि, सुशासन तथा पारदर्शिता कार्यक्रमलगायत कार्यक्रम रहेको कार्यालय प्रमुख कुसुमले बताए ।

भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र मनाङले संयुक्त कार्यक्रम गरी चालु आवका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ४ : ३४ बजे

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९