विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका : मन्त्री थापा « Khabarhub

विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका : मन्त्री थापा


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभामन्त्री विन्दुकुमार थापाले स्थानीय विकास निर्माणमा सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 

पोखरा महानगरपालिका–८ वगालेटोलमा स्थानीय सक्रियतामा ८५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको तीनतल्ले बहुद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले भवन समाजका सम्पूर्ण जातजातिका लागि बहुपयोगी बन्ने विश्वास व्यक्त गरे ।

विकास निर्माणका लागि प्रदेश सरकार समाजिक सङ्घसंस्थासँग समन्वय र सहकार्यका आधारमा साझेदारी गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै उनले सामुदायिक भवन आयआर्जनको माध्यम बन्नुपर्ने आवश्यकता औँल्याए ।

विपद्को अवस्थामा उपयोगी बन्ने खुल्ला जग्गाको संरक्षणमा स्थानीय समुदायले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले शान्तिघाटस्थित शवदाहस्थललाई सञ्चालन गर्न आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ४ : ५७ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव