‘गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व’ « Khabarhub

‘गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व’


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताए । 

शनिबार काठमाडौंमा वृहत तरुण भेला उद्घाटन गर्दै खाँणले गठबन्धनलाई कायम राखेर आम निर्वाचन सुनिश्चित र सुरक्षितका साथै शान्ति सुरक्षा सहित सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका हुन् । उनले अहिले गठबन्धन तोड्ने निर्णय कांग्रेसले नगर्ने भन्दै गठबन्धनको विषयमा गलत प्रचारका साथ कांग्रेसका कोही पनि नेताले भाषण गर्न नहुने धारणा राखे ।

त्यस्तै उनले देशका सबै तहमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू रहेकाले सिट बाँडफाँड गर्दा आफ्नो प्रभाव बढि भएको क्षेत्र नगुमाउने गरि बुद्धिमतापूर्वक कांग्रेसले अडान राख्नुपर्ने बताए । 

संविधानलाई कार्यान्वयन गराउने प्रमुख दायित्व कांग्रेसको भएकाले सबै दललाई लिएर अघि बढ्ने दायित्व पनि कांग्रेसको भएको उनले बताए । खाँणले गठबन्धनका अर्को दलको उम्मेदवारलाई जिताउने चुनौति पार्टीमा रहेको बताए ।

उनले भोट ट्रान्सपर जस्तो चुनौतिपूर्ण काम गठबन्धनका अन्य दललाई पनि रहेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : १० बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय