डेँगीबाट बच्न सचेतना र्‍याली « Khabarhub

डेँगीबाट बच्न सचेतना र्‍याली


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – महामारीको रूपमा फैलिरहेको डेँगी रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना र्‍याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्‍याली निकालिएको हो ।

र्‍यालीमा स्थानीय स्काउट पदाधिकारी, प्रदेश, स्काउट लिडर, राष्ट्रिय प्रशिक्षक, रोभर, रेन्जरहरूका साथै भक्तपुर नगरभित्रका दुई सय ९० जना स्काउट छात्रछात्राको सहभागिता रहेको थियो ।

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भएको थियो । र्‍यालीले नगर परिक्रमा गरेको थियो । र्‍याली दरबारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी पुगेको थियो । त्यहाँबाट पुनः सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनःदरबारस्कायरमै विसर्जन भएको थियो ।

र्‍यालीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गरिएको डेँगी रोगबाट बच्न गर्नुपर्ने उपाय उपचारबारेमा उल्लेखित पर्चा वितरण गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : १० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते