लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : उपेन्द्र यादव | Khabarhub Khabarhub

लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : उपेन्द्र यादव


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उनले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराए ।

अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिए । उनले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारे ।

मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै अध्यक्ष यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने धारणासमेत राखे । उनले सामाजिक विकृतिका रुपमा रहेका पिछडावर्ग माथिको अन्याय अन्तका लागि संवैधानिकरुपमै पहल गर्नुपर्ने उल्लेख गर्दै दलित र पिछडा वर्गको उन्नतिविना देशको समृद्धि कल्पनासमेत गर्न नसकिने बताए ।

 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : ०४ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत