अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन « Khabarhub

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।

पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरुले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै ¥याली निकालेका थिए ।

‘आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,’ प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने ।

स्थानीय सरकारले यसअघि कक्षा छभन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो, तर त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएको थियो ।

विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाव दिदै आएका छन् ।

देश भित्रका र देश बाहिरका अधिकारवादीहरुको पटक पटकको दवावका आधारमा तालिवान सरकारका अधिकारीहरुले विद्यालय तत्काल खुल्ने र छात्रालाई पनि पढ्न दिने आश्वासन दिने गरेपनि व्यवहारमा भने अझै पनि आलटाल गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : १२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते