खुल्यो १ लाख १५ हजार म्यादी प्रहरी  | Khabarhub Khabarhub

खुल्यो १ लाख १५ हजार म्यादी प्रहरी 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो।

म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले देशभरका प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने प्रहरीले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ।

तोकिएको मितिभित्र दरखास्त बुझाउने व्यक्तिले आवेदन दिएको कार्यालयमा ७ असोजमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ। म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ भने उनीहरुले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउने छन्।

उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २०० रुपैयाँ, पोसाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ पाउने छन्। साथै हिमाली जिल्लामा खटिनेलाई थप एक हजार पोसाक भत्ता पाउने छन्।

यसैगरी आउने–जाने खर्च एक हजार रुपैयाँ र ३०० रुपैयाँको दरले चार दिनको खाजा खर्च एक हजार २०० रुपैयाँ  पनि पाउने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : १४ बजे

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही