युक्रेनी प्रत्याक्रमण जारी, इजियम सहरबाट रुसी सेना पछि हटे « Khabarhub

युक्रेनी प्रत्याक्रमण जारी, इजियम सहरबाट रुसी सेना पछि हटे


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी सेनाले रुसी कब्जामा रहेका भूभागलाई मुक्त गर्न प्रत्याक्रमणलाई जारी राखेको छ । प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले ठूलो भूभाग रुसी फौजको कब्जाबाट मुक्त गरेको बताइएको छ । हालै युक्रेनी सेनाको कारवाहीपछि रुसी फौज इजियम-खारकिभ मोर्चाबाट पछि हटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

हाल इजियम सहर युक्रेनी सेनाको कब्जामा गएको बताइएको छ । रुसी सेनाका लागि यो गत मार्च महिनामा राजधानी किभबाट रुसी फौज फिर्ता भएयताको सबैभन्दा खराब हार भएको अर्थमा टिप्पणी गरिएको छ ।

युक्रेनी पक्षले भने यसलाई ६ महिनाभन्दा लामो समययता जारी युद्धमा ‘नयाँ मोड’ को संज्ञा दिएको छ ।

युक्रेनी सेनाको प्रत्याक्रमणबाट जोगिएर भागेका रुसी सैनिकहरुले ठूलो परिमाणमा गोलीगठ्ठाको सञ्चिती र अन्य सैनिक उपकरणहरु त्यसै छाडेको जनाइएको छ ।

इजियम सहरलाई युक्रेनमा आक्रमण गरिरहेका रुसी फौजले बन्दोबस्तीको आधार शिविरका रुपमा प्रयोग गर्दै आएका थिए ।

यता रुसको सरकारसञ्चालित रुसको तास समाचार संस्थाले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार मन्त्रालयले सैनिकहरुलाई त्यस क्षेत्रबाट पछि हट्न निर्देशन दिएको छ । रुसी रक्षा मन्त्रालयले ती सैनिकहरुलाई अन्य स्थानमा तैनाथ हुन निर्देशन दिएको जनाइएको छ ।

खारकिभमा रुसले नियुक्त गरेका प्रशासनका प्रमुखले स्थानीय बासिन्दाहरुलाई रुसतर्फ भागेर ‘ज्यान जोगाउन’ निर्देशन दिएका छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै त्यस क्षेत्रमा रोयटर्सले भने रुसतर्फ जाने सडकमा लामो जाम रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : २६ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई