कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु « Khabarhub

कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा समुदाय स्तरमै डंगुको संक्रमण फैलिन थालेको छ । कैलालीको पूर्वी क्षेत्रमा डेंगुको संक्रमण उच्च रहँदा मृत्युदर भने धनगढी क्षेत्रमा बढ्न थालेको हो । स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीका अनुसार नागरिक रोगप्रति संवेदनशील नहुँदासम्म यो समस्या बढ्न सक्ने देखिएको छ ।

उनले डेंगुकै कारण कैलालीमा दुई सातायता दुई जनाको मृत्यु भइसकेको बताए । डेंगुको जोखिम क्षेत्र बिरामीको दर हेर्दा लम्कीमा बढी रहेको भए पनि मृत्युको दर धनगढी र टीकापुरमा बढ्न थालेको उनले बताए ।  तर अहिलै नै जोखिम क्षेत्र यो हो भन्नेबारेमा भने अझै स्पष्ट नभएको उनले बताए । ‘जोखिम क्षेत्र  यकिन गर्न सकिएको छैन,’ धामीले भने, ‘स्थानीय तहसँगको समन्वयमा अहिले सबै पालिकाको जोखिमलाई अध्ययन भइरहेको छ।’

१० हजार जनामा डेंगु संक्रमण हुँदा एक सय जना जति मात्रै गम्भीर बिरामी पर्ने गरेको भन्दै उनले अहिले गम्भीर बिरामी भेटिएका स्थानलाई मात्रै जोखिम क्षेत्र हो भनेर भन्न नमिल्ने बताए । ‘धेरै मानिसलाई डेंगुको संक्रमण भए पनि रोगको लक्षण नदेखिने वा सामान्य लक्षण मात्रै देखिने भएका कारण बिरामी स्वास्थ्य संस्थाको पहुँचमा नआएका हुन सक्दछन्, हामी सबै क्षेत्रमा परीक्षण गरेर कुन क्षेत्र जोखिममा छ भन्ने छुट्याउने प्रयत्न गर्दै छौँ,’ उनले भने । धामीले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरूले सचेतनामूलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।

स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्यांकअनुसार लम्की चुहा नगरपालिकामा ६६ जना डेंगुका बिरामी फेला परेका छन । यसैगरी घोडाघोडी नगरपालिकामा दुई र बर्दगोरिया गाउँपालिकामा तीन गरी ७१ जना डेंगुका बिरामी फेला परेको कार्यालयको तथ्यांकमा रहेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ९५ जना डेंगुका बिरामी फेला परेकोमा ५९ जना लम्की चुहा नगरपालिकाका रहेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय ५६ जना बिरामी फेला परेकोमा एक सय ३३ जना सोही नगरपालिकाका रहेका थिए ।
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गरेको छ । सो लामखुट्टेले दिउँसोको समयमा टोक्ने र घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडि सक्रिय हुने गरेको छ ।

डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धूप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल-ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।

एक्कासि उच्च ज्वरो आउने, ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिंगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्नुपर्ने छ ।

यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने र बेहोस हुने यस रोगको गम्भीर लक्षण हुन् ।

डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ । पानी जम्ने टिनका डब्बाहरू, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकीलगायत पानी जम्ने भाँडा तथा स्थानहरूमा यो लामखुट्टेले फूल पार्छ ।  डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : ५७ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा