जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द  « Khabarhub

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो । आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जानकारी दिएको छ ।

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ । कार्यरत एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द भएको जानकारी दिँदै वैकल्पिक सेवाको व्यवस्थापनमा लाग्ने सचेतताका लागि सूचना जारी गरिएको हो । तत्कालका लागि सट्टामा राख्ने जनशक्ति समेत नपाइने भएकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

इमरजेन्सीका बेला केही समय जिल्ला अस्पतालकै डाक्टरमार्फत एनेस्थेसियाको काम गराउने प्रयास भएको थियो तर अधिक जोखिम भएकाले सेवा नै बन्द गर्नुपरेको जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : १८ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण