महारानी एलिजावेथको 'अन्तिम यात्रा' सुरु | Khabarhub Khabarhub

महारानी एलिजावेथको ‘अन्तिम यात्रा’ सुरु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर स्कटल्याण्डस्थित बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज एडिनबरास्थित होलिरुडहाउसको दरबारतर्फ ल्याइँदै छ ।

महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’ मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । शवयात्राको मार्गमा पुष्पहारसहितका बेलायतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ ।

आइतबार बिहान बालमोरल दरबारको मुख्यद्वारमा हातले बनाइएको महारानीको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उनको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो ।

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलायतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे आफूलाई अवगत भएको जनाएका थिए । उनले उक्त गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहो¥याएका थिए ।

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्रहरु स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिएको छ । मातृवियोगमा रहेका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थालिसकेका छन् ।

उनले बकिङघम राजादरबारमा प्रधानमन्त्री लिज ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन् ।

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पुर्‍याइने छ । मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ । बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ । असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : १८ बजे

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी

एक बजेट, दुई अर्थमन्त्री : कार्यान्वयनमा पुरानै ढर्रा !

काठमाडौं – एकै आर्थिक वर्षमा दुई/दुई अर्थमन्त्रीले वित्त नीति हाँक्ने

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

स्याङ्जा– गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको