महारानी एलिजावेथको ‘अन्तिम यात्रा’ सुरु « Khabarhub

महारानी एलिजावेथको ‘अन्तिम यात्रा’ सुरु


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर स्कटल्याण्डस्थित बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज एडिनबरास्थित होलिरुडहाउसको दरबारतर्फ ल्याइँदै छ ।

महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’ मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । शवयात्राको मार्गमा पुष्पहारसहितका बेलायतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ ।

आइतबार बिहान बालमोरल दरबारको मुख्यद्वारमा हातले बनाइएको महारानीको तस्बिर, एउटा सानो भालु खेलौना र फूलको थुप्रोले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । महारानीका ज्येष्ठ सुपुत्र चाल्र्स तृतीयलाई औपचारिकरूपमा राजा घोषणा गरिएको भोलिपल्ट उनको लण्डनतर्फको शवयात्रा प्रारम्भ हुन लागेको हो ।

शुक्रबार नवनरेश चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता व्यक्त गर्दै राष्ट्रका नाममा गरेको सम्बोधनमा बेलायतको महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे आफूलाई अवगत भएको जनाएका थिए । उनले उक्त गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्ने प्रतिबद्धता दोहो¥याएका थिए ।

आज उनलाई संयुक्त अधिराज्यका अन्य राष्ट्रहरु स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डको राजा घोषणा गरिएको छ । मातृवियोगमा रहेका नवनरेश चाल्र्सले शुक्रबारदेखि नै राजकीय कर्तव्यहरू निर्वाह गर्न थालिसकेका छन् ।

उनले बकिङघम राजादरबारमा प्रधानमन्त्री लिज ट्रस, राष्ट्रमण्डलका महासचिवलगायत राज्य सञ्चालनका सहयोगीहरूसँग भेटवार्ता गरेका छन् ।

सोमबार महारानीको पार्थिव शरीर होलिरूड हाउसबाट सेन्ट गिल्स गिर्जाघर पुर्‍याइने छ । मङ्गबारसम्म त्यहीँ राखेपछि विमानबाट उनको शव लण्डन ल्याइनेछ । बुधबार बकिङघम राजप्रासदबाट शव संसद् भवनमा लगिने छ । असोज ३ गते वेस्टमिनिस्टर गिर्जाघरमा समाधिस्थ नगरेसम्म महारानीको पार्थिव शरीर त्यही रहनेछ ।

 

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : १८ बजे

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु

जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन

जुम्ला– जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको