इमरान खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च « Khabarhub

इमरान खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री इमरान खानको सुरक्षाका लागि पाकिस्तान सरकारले २४ करोड पाकिस्तानी रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।

पाकिस्तानी प्रहरीका महानिरीक्षक अकबर नासिर खानले पाकिस्तानको माथिल्लो सदन सिनेटलाई दिएको जानकारीअनुसार खानको सुरक्षाका लागि २४ करोड पाकिस्तानी रुपैयाँ खर्च भएको हो । उनले अब खानलाई दिँदै आएको सुरक्षा फिर्ता लिएको समेत सिनेटलाई जानकारी गराए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार खानको सुरक्षाका लागि २६६ जना जवानहरु प्रिचालन गरिएको थियो । यसबाहेक उनको सुरक्षाका लागि थप दुई निजी सुरक्षा कम्पनीलाई पनि जिम्मेवारी दिइएको डनले जनाएको छ ।

यता खानको तहरिक ए इन्साफ पार्टीका सिनेटर डा. शहजाद वसिमले भने खानलाई दिइँदै आएको सुरक्षा फिर्ता लिइनु चिन्ताजनक विषय भएको टिप्पणी गरेका छन् ।

पछिल्लो समय राजनीतिक रुपमा अस्तव्यस्त रहेको पाकिस्तानमा खानले बेलाबेला राजनीतिक र्‍यालीहरुको आयोजना गर्दै आएका छन् । यस्तो अवस्थामा खानमाथि ज्यानै लिने किसिमका धेरै धम्कीहरु समेत आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ३२ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद