अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना  « Khabarhub

अनुमतिबिना फोटो-भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरे ६ महिना जेल, ५० लाख रियालसम्म जरिवाना 



दोहा : साउदी अरबमा अनुमति नलिई फोटो-भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ६ महिना जेल र ५० लाख रियाल जरिवाना हुने भएको छ।

साउदीमा अनुमति लिएरै खिचिएका फोटो र भिडिओ पनि अनुमति नलिई सामाजिक सञ्जालमा शेयर गर्नेलाई ५ देखि ५० लाख साउदी रियालसम्म जरिवाना हुने भएको हो।

‘साइबर अपराधको साउदी कानुन अन्तर्गत, त्यस्तो गतिविधि गर्नेहरूलाई ५ देखि ५० लाख रियालभन्दा बढी र तीन वर्षको जेल सजाय हुन सक्छ’, कानुन विशेषज्ञ डा. माजेद गरौबले भने, ‘सामाजिक सञ्जालमा ठट्टा पोस्ट गर्नु साउदी अरबमा अपराध हो र यसलाई देशको साइबर अपराध विरोधी कानुनको उल्लङ्घनका रूपमा वर्गीकृत गरिएको छ।’

जुनसुकै उमेर समूहका अपराधीलाई पक्राउ गर्न र जेल सजाय हुनबाट छुट नहुने बताइएको छ। पोस्ट गर्ने र सेयर गर्ने दुवैलाई कारबाही हुनेछ।

हालैका वर्षहरूमा, साउदी प्रहरीले दर्जनौँ व्यक्तिहरूलाई सामाजिक सञ्जालको दुरुपयोग र विभिन्न प्रकारका अनलाइन अपराध गरेको आरोपमा पक्राउ गरिरहेको छ। साउदी सरकारको यो कानुन अनुसार अब त्यहाँ कार्यरत नेपाली कामदारहरू पनि सचेत हुनुपर्ने भएको छ।

साउदी अरबमा विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २२ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक