राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

राजस्व कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको जनाएको छ ।

आज दायर गरिएको मुद्दामा उनीसँग ३० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : ४९ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,