एसईई परीक्षाको नतिजा आज, सम्पूर्ण तयारी पूरा « Khabarhub

एसईई परीक्षाको नतिजा आज, सम्पूर्ण तयारी पूरा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज (बिहीबार) प्रकाशन हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा प्रकाशनका लागि आज दिउँसो १ बजे बोर्डको बैठक बोलाइएको छ । यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो।

यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी छन्। छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय छन्। यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी छन्।

एसइईको नतिजा अनलाइनबाट हेर्न मिल्ने व्यवस्था कार्यालयले गरेको छ । जसअन्तर्गत विभिन्न वेबसाइट तथा एसएमएसबाट नतिजा थाहा पाउन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ। यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन्।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : ०२ बजे

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको