जबराको बयान प्रतिशोध साँध्ने र झुटो : अधिवक्ता अर्याल « Khabarhub

जबराको बयान प्रतिशोध साँध्ने र झुटो : अधिवक्ता अर्याल


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् ।

आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् ।

आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटो बोलेको प्रतिक्रिया दिएका हुन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस  आफूले इन्कार गरेको भन्दै बयान दिएका जबराले त्यसपछि अर्यालले सम्पत्ति शुद्धीकरणको रिट हालेको समितिसमक्ष बताए ।

‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुई चोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गिनी हो । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निरर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भनेका थिए ।

सोमबार जबरालाई जवाफ दिँदै अधिवक्ता अर्यालले भनेका छन्, ‘चोलेन्द्र शम्शेरको निष्ठा र न्यायिक आचरणको बारेमा सुरुदेखि नै निरन्तर रूपमा आलोचनात्मक टिप्पणी सार्वजनिक गर्दै आएको हुँ । उनले प्रतिशोध साँध्न झुटो तथ्य खडा गरी नकारात्मक भाष्य निर्माण गर्न खोजेको देखियो ।उनको दाबी मसँग सम्बन्धित सार्वजनिक तथ्यबाटै आधारहीन पुष्टि हुन्छ ।’

अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकार समेत हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ०१ बजे

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट