रुसी फौजद्वारा पूर्वी युक्रेनमा विद्युत आपूर्ति ठप्प, ९० लाख युक्रेनी प्रभावित | Khabarhub Khabarhub

रुसी फौजद्वारा पूर्वी युक्रेनमा विद्युत आपूर्ति ठप्प, ९० लाख युक्रेनी प्रभावित


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी प्रत्याक्रमणको बदला लिन रुसी फौजले पूर्वी युक्रेनमा विद्युत आपूति ठप्प पारिदिएका छन् । पूर्वी युक्रेनमा रुसी फौजले विद्युत आपूर्ति ठप्प पारिदिँदा लाखौँ मानिसहरु अन्धकारमा बस्न बाध्य भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

युक्रेनले हालै सुरु गरेको प्रत्याक्रमणका क्रममा रुसी कब्जामा रहेको ३ हजार वर्ग किलोमिटर भूभाग पुनः फिर्ता गरेको दाबी गरिरहेका बेला रुसले विद्युत काटिदिएको हो ।

विद्युत आपूर्ति रूपमा काटिनुले खार्किभ र डोनेत्स्कलगायत पूर्वी क्षेत्रका करिब ९० लाख मानिस प्रभावित भएको बताइएको छ । खार्किभका मेयर इहोर तेरेखोभले नागरिक पूर्वाधारमा रुसी आक्रमणले उक्त सहरको धेरैजसो भागमा बिजुली र पानी नभएको बताए ।

उनले यसलाई युक्रेनी सेनाको पछिल्लो सफलताको बदला लिने एउटा ‘घिनलाग्दो र निन्दनीय प्रयास’ को संज्ञा दिएका छन् ।

उक्त सहरमा दुई वटा मिसाइल हमला भएको बीबीसीले जनाएको छ । तेरेखोभ र उक्त राज्यका गर्भनरले सर्वसाधारणलाई शान्त हुन आह्वान गरेका छन् । आकस्मिक सेवाहरूले क्षति मर्मत गर्न र आगो निभाउन काम गरिरहेका बताइएको छ ।

छिमेकी सुमी क्षेत्रका गभर्नरले एउटै जिल्लामा मात्रै १३० भन्दा बढी बस्ती विद्युतविहीन रहेको बताए ।

ड्निप्रोपेत्रोभ्स्क र पोल्टाभा क्षेत्रका बासिन्दा पनि विद्युतविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिजुली कटौतीपछि राष्ट्रपति जेलेन्स्कीले रुसले नागरिक पूर्वाधारलाई लक्षित गरेर आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ३३ बजे

इरानी मिसाइलले इजरायलमा ठूलो क्षति, स्वास्थ्यमन्त्रीको आक्रोश- इरानले ‘रेड लाइन’ नाघ्यो

तेलअभिभ- इरानमाथि इजराललले थालेको आक्रमणको छैटौँ दिन बित्दा तेलअभिभसहितका स्थानमा

दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास हुनसक्ने प्रारम्भिक अनुमान

काठमाडौं– पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी– ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको