पाकिस्तानको सानदार जीत, न्युजिल्याण्ड ६ विकेटले हार्‍यो | Khabarhub Khabarhub

पाकिस्तानको सानदार जीत, न्युजिल्याण्ड ६ विकेटले हार्‍यो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पाकिस्तानले सेमिफाइनलको यात्रालाई बलियो बनाएको छ । बुधबार राति भएको खेलमा उपाधी दावेदार न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलका लागि ढोका खोलेको हो ।

बिर्मिङघममा बुधबार भएको खेलमा न्युजिल्याण्डलाई पराजित गरेसँगै पाकिस्तानले शीर्ष चारमा रहेर विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानको जीतमा बाबर आजमले शतकीय इनिङ्स खेले । आजमले १२७ बलमा ११ चौकासहित १०१ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो शतक हो । यस्तै हरिस सोहिलले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै मोहमद हाफिजले ३२ रन जोड्दा इमाम उलहकले १९ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट,केन विलियम्सन र लक्की फोर्गुसनले १/१ विकेट लिए ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । मात्र ८३ रनमा पाँच विकेट गुमाएको न्युजिल्याण्डको इनिङ्सलाई जेम्स निशम र कोलिन डी ग्रान्डहोमले सम्हालेका थिए । दुवैले छैटौ विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेका थिए ।

ओपनर मार्टिन गुप्टि ५ रन कोलिन मुन्रो १२ रनमा आउट हुदाँ कप्तान केन विलियम्सन ४१ रनमा पोविलियन फर्किए ।
जीतसंगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ । पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ ।

पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ । न्युजिल्याण्ड दोस्रो स्थानमा छ । न्युजिल्याण्डको पनि सेमिफाइनल सम्भावना बलियो छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : २५ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना