बेलायती राजा चार्ल्स तृतीयद्वारा पहिलोपटक संसदलाई सम्बोधन « Khabarhub

बेलायती राजा चार्ल्स तृतीयद्वारा पहिलोपटक संसदलाई सम्बोधन


२७ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलोपटक संसदलाई सम्बोधन गरेका छन् ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।

आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘’महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’’ हरू आफुमा हस्तान्तरण गरिएको जानकारी दिएका थिए।

सम्बोधनका क्रममा राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भने, “मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल दरबारमा शान्तिपूर्वक निधन भएको थियो ।”

“मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा असमान थियो । दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु ।” उनले भने, ”जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ । यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र राष्ट्रमण्डल क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।”

गत हप्ता ९६ वर्षीया महारानीको निधनले उनको सात दशक लामो शासनको अन्त्य गरेको छ । उनलाई उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक मानिएको थियो । हाल बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जलिको ओइरो लागेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : ३० बजे

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको