आर्थिक वर्ष २०२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने वित्त मन्त्रालयको पूर्वानुमान | Khabarhub Khabarhub

आर्थिक वर्ष २०२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने वित्त मन्त्रालयको पूर्वानुमान


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको वित्त मन्त्रालयले मुलुकको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्ष सन् २०२२–२३ मा ७ देखि ७.४ प्रतिशतसम्मले बढ्ने पूर्वानुमान गरेको छ ।

भारतीय वित्तसचिव टीभी सोमनाथनले यसअघि भारतको अर्थतन्त्र ७ देखि ७.५ प्रतिशतले बढ्ने अनुमान गरिएको जनाए । यसबाहेक उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले भने भारतको आर्थिक वृद्धिदर ७ दशमलब ४ को हाराहारीमा रहने जनाएको जानकारी दिएका छन् ।

‘हामी ७ दशमलब ४ प्रतिशतको वृद्धि हासिल गर्ने दिशातर्फ उन्मुख छौँ । यस आर्थिक वृद्धि हासिल गर्ने हाम्रो अपेक्षा छ ।’ वित्तसचिव सोमनाथनलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने बिजनेश स्ट्यान्डर्डले जनाएको छ ।

यसअघि आर्थिक वर्ष सन् २०२१–२२ मा भारतको आर्थिक वृद्धिदर ८ दशमलब ७ प्रतिशत रहेको थियो ।

यसबाहेक चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको कूल ग्राहस्थ उत्पादन बढेर ३६ लाख ८५ हजार करोड भारतीय रुपैयाँ पुगेको समेत वित्तमन्त्री सोमनाथनले जानकारी दिए ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा यो १३ दशमलब ५ प्रतिशतले बढि रहेको बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २२ बजे

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुर्खेत– आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२

पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै

काठमाडौं- नेपाली काङ्ग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा रू

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा