उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित « Khabarhub

उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड (रातो सडन) रोग समस्या देखा परेकोछ। किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए।

“किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ।” सिओ २३८ र सिओ २०८ जातको उखुमा रोग बढी देखा परेको छ।

“यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पुरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्ध समेत आउछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सरनै हो” शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भैरहेको छ।” चिनी मिलले समेत किसानलाई सल्लाह संगै बिषादी उपलव्ध गराएको छ।

उखु खेती गरेका किसान कर्मु रानाले उखुबालीमा रेड रड नामक रोगले नोक्सानी गर्न थालेको बताउनुभयो। “उखु खेती गरिएको पाँच विघा जग्गाको धेरै ठाउँमा रोग देखा परेको छ”, उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसिनासक बिषादी छर्कने कार्यमा जुटेको छु। रोपेको १० प्रतिशतमा रोग देखिएको छ।”

अर्का किसान भम्टा रानाले तीन विघा जग्गामा उखु खेती गरिएको मध्ये एक विघा जग्गाको उखु रोगका कारण पुरै सुकेर नोक्सनी भएको बताए।

“ऋण लिएर उखु खेती गरेको थिएँ” उनले भने, “उखु रोगका कारण सुकेपछि तीन लाख बढीको नोक्सानी व्यहोर्नु परेको छ।” “शुरुआतमै रोग लाग्न लागेको बेला ढुसिनासक बिषादी छर्किए यसले नियन्त्रण गर्छ” उखु किसान असारे वडाकले भने, “रोग लागि सकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ।” व्यापक रुपमा रोग फैलिएकाले उखु काटिदासम्म निकै नोक्सान पु¥याउने उनको भनाइ छ।

अहिले सम्म १५० किसानले रोपेको उखुबालीमा नोक्सनी भएको छ।यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन।

नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ। यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्याउँ छ। “उखुको पातमा सेतो धव्वाहरु देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ” उनले भने, “उखुको भित्र–भित्र कुहिदै जान्छ। बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नु पर्ने उने बताए। बेलौरीका ८० प्रतिशत बढी किसानले उखु खेती गर्दै आएका छन।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ३६ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६