ग्लोबल आइएमई बैंकको एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न « Khabarhub

ग्लोबल आइएमई बैंकको एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेप्लिज योङ इन्टरप्रेनियर्स फोरम (एनवाइईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आइएमई बैंक एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकको दाबी छ ।

यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरू दर्ता भए । बैंकका अनुसार, उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशीप र वृद्धिका अवसरबारे विस्तृत जानकारी प्रदान गरेको थियो ।

कार्यक्रमको सुरुवात एनवाइईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो । जसमा उनले स्टार्टअपहरूलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरबारे प्रष्ट्याएका थिए । कार्यक्रम समापन एनवाइईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठले गरिन् ।

ग्लोबल आइएमई बैंक एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० पाँच लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि भएको बैंकको दाबी छ ।

यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको सङ्केत गरेकोे बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ५७ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको