ग्लोबल आइएमई बैंकको एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकको एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० सम्पन्न


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेप्लिज योङ इन्टरप्रेनियर्स फोरम (एनवाइईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आइएमई बैंक एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकको दाबी छ ।

यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरू दर्ता भए । बैंकका अनुसार, उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशीप र वृद्धिका अवसरबारे विस्तृत जानकारी प्रदान गरेको थियो ।

कार्यक्रमको सुरुवात एनवाइईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो । जसमा उनले स्टार्टअपहरूलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरबारे प्रष्ट्याएका थिए । कार्यक्रम समापन एनवाइईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठले गरिन् ।

ग्लोबल आइएमई बैंक एनवाइईएफ स्टार्टअप अवार्ड्स ४.० पाँच लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि भएको बैंकको दाबी छ ।

यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको सङ्केत गरेकोे बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ५७ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि