चान्सुकाे भ्रमणले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरु) « Khabarhub

 चान्सुकाे भ्रमणले काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरु)


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता गरिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ ।  उच्चस्तरीय भेटघाट मंगलबार बिहानदेखि सुरु गरेसँगै सर्वसाधारणले जताततै सवारी जाम झेलेका छन् ।

नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका उनले मंगलबार बिहान सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । यस्तै, संसद् भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

उनले मंगलबार बिहानै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि भेटेका थिए । उनलाई सोमबार साँझ नै सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमै स्वागत गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : ५४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र