केन्याको पाँचौ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण | Khabarhub Khabarhub

केन्याको पाँचौ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नैरोबी– केन्याको पाँचौ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ लिएका छन् । नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विषेश समारोहको आयोजना गरिएको थियो ।

समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सन् १९६६ मा जन्मिनु भएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेका छन् ।

उनीले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित भएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।

कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ०६ बजे

दक्षिण कोरियाले कागेश्वरी मनोहरालाई प्लास्टिक रिसाइक्लिङ मेसिन उपहार दिने

काठमाडौं- दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २

कर्णाली करिडोरमा दिगो वन व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

घोडाघोडी– कैलालीको कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम

नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं– नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि हात पारेको

विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका