मानव बेचविखन तथा ओसारपसार मुद्दाका दुई आरोपी पक्राउ « Khabarhub

मानव बेचविखन तथा ओसारपसार मुद्दाका दुई आरोपी पक्राउ


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन – भदौ २६ गते दिउँसो करिब १:१५ बजेको समयमा भरतपुर महानगरपालिका–४ फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र छोटो कपाल, आकाशे निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट र मुखमा कालो माक्स लगाएका अपरिचित व्यक्ति प्रवेश गरे।

बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकेका ती व्यक्तिले मनि ट्रान्सफरमा छिरी काउन्टरमा बसिरहेकी स्टाफलाई मार्ने धम्की दिए।

त्यसपछि उनले मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद दुई लाख चार हजार २५० रुपैयाँ जबरजस्ती डाँका फरार भए। उक्त घटनाको उजुरीपछि चितवन प्रहरीले सिसिटीभी फुटेजलगायतका प्रमाण संकलन ग¥यो।

उक्त व्यक्तिको खोजतलास गर्ने क्रममा बागमती प्रदेश ०३–००१ ह १२६३ नम्वरको अटो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्व घर भई हाल भरतपुर–१६ मा डेरा गरी बस्ने बर्ष ४२ को मिनमान सुनारलाई प्रहरीले भदौ २७ गते दिउँसो करिब साढे १ बजे भरतपुरको चौविसकोठीबाट अटोसहित पक्राउ गरेको हो।

निजमाथि प्रारम्भिक रुपमा सोधपुछ गर्दा निजले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र निजको शरीरमा चेकजाँच गर्दा साथमा १३ हजार ६०५ रुपैयाँ फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। निजको कोठा चेकजाँच गर्दा एक लाख ६७ हजार रुपैयाँ नगद र धारिलो हतियार दाउ दुई वटा बरामद गरिएको उनले बताए।

निजले घटना घटाउँदा लगाएको कपडा भरतपुर–२६ सिसैस्थित घोलभित्र लुकाई छिपाई राखेको अवस्थामा भेटिएको उनको भनाइ छ। निज व्यक्तिमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको उनले बताए।

त्यसैगरी, वैदेशिक रोजगारीको लोभ देखाएर महिलालाई बेच्न लागेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुवेतमा ५० हजार रुपैयाँ तलब आउने रोजगारी लगाइदिन्छु भनि महिलालाई फकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले नारायणगढ पुलचोकबाट काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने बर्ष ४८ को खेम प्रसाद भट्टराईलाई भदौ २७ गते पक्राउ गरेको हो।

म्याग्दीको वेनी नगरपालिका–१० स्थायी घर भई हाल भरतपुरमा परीवारसँग बस्दै आएकी एक महिलालाई भट्टराईले भारत हुँदै कुवेत लगरेर बिक्री गर्ने मनसाय राखेको प्रहरीले जनाएको छ। भारतको बाटो हुँदै कुवेत जाने विषयमा कसैलाई नभन्नु भनि सिकाई ललाई फकाई भारततर्फ लैजादै गर्दा साना हात नामक संस्थाको सहयोगमा भट्टराईलाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : २६ बजे

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब