प्रतिनिधि सभामा आज राष्ट्रपतिले प्रमाणीकरण गरेका पाँच विधेयकबारे जानकारी गराइने « Khabarhub

प्रतिनिधि सभामा आज राष्ट्रपतिले प्रमाणीकरण गरेका पाँच विधेयकबारे जानकारी गराइने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ।

संसद सचिवालयले आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी थिइन् ।

त्यस्तै आजको बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

हेर्नुहोस् कार्यसूचीसहित

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३६ बजे

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ