ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने « Khabarhub

चिनियाँ सभामुखको नेपाल भ्रमण :

ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चार दिने नेपाल भ्रमणमा रहेका चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । भ्रमणको तेस्रो दिन बुधबार उनले राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गरी गत सोमबार नेपाल आएका अध्यक्ष ली बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५४ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई