क्रिस गेलले तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम नलिने « Khabarhub

क्रिस गेलले तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम नलिने


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-क्यारेबियन टोली वेष्ट इन्डिजका आक्रामका ब्याट्सम्यान तथा ‘युर्निभसल बोस’ क्रिस गेलले तत्काल आफुले इन्डिज टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास नलिने बताएका छन् ।

विश्वकपलाई नै एकदिवसीय अन्तर्राष्ट्रियमा उनको अन्तिम भनिरहँदा उनले तत्काल टोलीबाट सन्यास नलिने स्पष्ट पारेका हुन् ।

उनले आफुलाई विश्वका महान क्रिकेट मध्ये मान्ने गरेको बताउँदै तत्काल टोलीबाट नबाहिरिने बताएका हुन् । विश्वकप पछि उनी टोलीबाट सन्यान नलिए पनि उनको क्रिकेट करियर केही महिनाका लागि मात्रै भएपनि लम्बिने संकेत गरेका छन् ।

‘म महान खेलाडीको सूचीमा छु । त्यसमा कुनै शंका छैन र जति पनि वेष्ट इन्डिजका लागि खेलेको छु त्यसैमा जिउँने कोसिस गरेको छु भने त्यसैमा आनन्दित मानेको छु । तर, यो यात्रा अहिले नै सकिइसकेको छैन् । मलाई अझै केही खेल खेल्नु छ,’ उनले भने, ‘विश्वकप पछिको मेरो योजनाको बारेमा भन्नु पर्दा म भातरविरुद्धको टेस्ट म्याच खेल्न सक्छु र भारतसँगकै एकदिवसीय शृङ्खला पनि खेल्न सक्छु । तर, पनि म टि–२० क्रिकेट छोड्नेछु । यो नै मेरो विश्वकप पछिको योजना हो ।’

विश्वकपमा वेष्ट इन्डिजका अब तीन खेल मात्रै बाँकी छन् । यस बीचमा उनले विश्वकपमा आफुले शतक प्रहार गर्न चाहेको बताउँदै शतक नभए पनि कुनै गुनासो नरहेको स्पष्ट पारे ।

अहिलेसम्म धेरै सफलता हात पारिसकेका गेल विश्व्कपको सेमिफाइनलमा स्थान बनाउन र विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्न चहान्थे ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : २६ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति