राष्ट्रियसभाले दुई विधेयकलाई दफावार छलफलका लागि समितिमा पठायो « Khabarhub

राष्ट्रियसभाले दुई विधेयकलाई दफावार छलफलका लागि समितिमा पठायो


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई उक्त सभाबाट पारित भएर सन्देशसहित राष्ट्रियसभामा आएको थियो।

राष्ट्रियसभाको यही भदौ २१ को बैठकले सो विधेयकलाई दफावार छलफल गरी प्रतिवेदन पेस गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिको यही भदौ २४, २६, २७ र २८ गते बसेको बैठकमा विधेयकमाथि छलफल भएको सभापति डा भुसालले जानकारी गराएका छन्।

समितिले कृषि तथा पशुपक्षी विकासमन्त्री, मन्त्रालयका सचिव, विभिन्न मन्त्रालयका पदाधिकारी लगायतसँग विधेयकका सम्बन्धमा छलफल गरेको थियो । विधेयकका विभिन्न दफामा समूहगत र व्यक्तिगत गरी कूल २६ सांसदले ८६ बुँदामा संशोधन प्रस्ताव राखेका थिए।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७९’, ‘तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक, २०७९’, ‘स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’, ‘प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’, ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र ‘योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए।

सङ्घीय संसद्का दुवै सदनबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा १ बमोजिम प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले विभिन्न मितिमा प्रमाणीकरण गरेका थिए । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेकोे विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते दिउँसो ३ बजे बस्नेछ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ०७ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी