संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुङ्ग्याउनुपर्छ : प्रचण्ड | Khabarhub Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुङ्ग्याउनुपर्छ : प्रचण्ड


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानुनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताएका हुन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासोको विषय भएको र यसमा कोही पक्ष र विपक्ष हुन जरुरी नभएको उनले बताए । प्रचण्डले समस्या बल्झाउनेका साथ विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने जिकिर गरे। उनले विधेयकमा शब्द जस्तोसुकै राखे पनि भोलिका शक्ति सन्तुलनले नै कार्यान्वयन गर्ने महत्त्वपूर्ण हुने बताए । प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने समेत बताए।

त्यस्तै एमाले सांसद सुवास नेम्वाङले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनलाई टुङ्गाउनुपर्ने सबैको साझा विषय भएकाले यसै पटक टुङ्गो लगाउनुपर्ने धारणा राखे। उनले पीडित र पीडकको बिचमा मेलमिलाप र गम्भीर उलंघनमा विषयमा प्रक्रियाबाटै सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउनुपर्ने विषय महत्त्वपूर्ण रहेको भन्दै विधेयकमा रहेका विषयवस्तुलाई निर्विवाद ढंगले अन्तिम रूप दिनुपर्ने बताए।

समितिले संसद्को यही कार्यकालमा नै उक्त विधेयक पेश गर्ने गरी सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : १३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन